मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

२८ भदौ, काठमाडौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन् । देउवाले स त्ता र शक्तिको दुरुपयोग गरेर कतिपय वडा अधिवेशन भएको र त्यो आफूहरुलाई मान्य नहुने उनले चेतावनी दिए ।

नेपाली कांग्रेस जिल्ला का र्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले भने, ‘वडा अधिवेशनहरु भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौं । हामी त्यसको विरुद्धमा छौं । यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी स त्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन ।’

नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा स मे त देशभर धाँधली ग रे को आरोप लगाए । उ न ले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्ने गरी अ घि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।


Last Updated on: September 13th, 2021 at 4:33 pm
४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया