सोमबार ०८ कार्तिक २०७८

Kanripur News Nepal

काठमाडौं

सरकारले शुक्रबारदेखि देशका विभिन्न स्थानमा दशैंरतिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन्। सुपथ मूल्य पसलबाट खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा छुट दिएको छ। साल्ट ट्रेडिङले नुन र चिनीलगायतका खाद्यवस्तु र दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिएको छ।

खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ। यसैगरी, पिठो, चिउरा, तोरीको तेल, सनप्mलावरको तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा प्रतिकिलो २० रुपैयाँ छुट दिएको छ। साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएको छ। खाद्य व्यापार कम्पनीले देशका विभिन्न ३९ जिल्लाको ४३ वटा स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले ३२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ। साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट नुन प्रतिकिलो १८ रुपैयाँमा र चिनी प्रतिकिलो ७९ रुपैयाँमा पाइनेछ। साल्ट ट्रेडिङका अनुसार चिनी प्रतिव्यक्ति २ किलो र नुन ६ किलोसम्म किन्न पाइनेछ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलका अनुसार प्रतिकिलो १ हजार रुपैयाँ पर्ने घिउलाई ५० रुपैयाँ छुट गरी ९ सय ५० मा बिक्री गरिनेछ। डिब्बामा भएको घिउ अहिले १ हजार २० रुपैयाँमा बिक्री गरिँदै आएको छ। अब भने ५० रुपैयाँ छुट दिएर ९ सय ७० मा बिक्री गरिनेछ।

महाप्रबन्धक पौडेलले पनिर २ सय ग्राममा ५ रुपैयाँ, ५ सय ग्राममा १० र एक किलोमा २० रुपैयाँ छुट दिएर बिक्री गरिने बताए। उनले काठमाडौंमा डीडीसीको सपुथ पसल लैनचोर, खुमल्टार र न्युरोडबाट सहुलियतमा बिक्री गर्नुका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङको पसलसँग समन्वय गरेर सँगै संस्थानको उत्पादन छुट दिएर बिक्री गर्ने बताए।

खाद्य व्यापार कम्पनीले काठमाडौं उपत्यका थापाथाली, सूर्य विनायकलगायतका चार स्थानबाट सुपथ पसल सञ्चालन गर्नेछ। यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका कालिमाटी, कोटेश्वर, सतुंगल, जावलाखेल, भक्तपुर गरी ६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ।

यस्तै, तीनवटा घुम्ती सेवा सञ्चालन हुने कर्पोरेसन प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए। यसैगरी, खाद्य व्यापार कम्पनीले अनलाइनमार्फत पनि सहुलियत दिएर उपभोक्ताको घरमा खाद्यवस्तु प¥याउने जनाएको छ।

सरकारले दसैं तिहार र छठजस्ता पर्वमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने हुँदा बजार निजी व्यापारीको मनपरी मूल्यलाई नियन्त्रण गर्न सरकारले दसैं तिहार छठपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरसनमार्फत सुपथ पसल सञ्चालन गर्दै आएको छ।

चाडपर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको हो। सुपथ मूल्य पसल १ असोजदेखि २४ कात्तिकसम्म सञ्चालन हुनेछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध संस्थानमार्फत सुपथ मूल्य पसल सञ्चालन हुनेछन्।

चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुँदा निजी क्षेत्रले खाद्यवस्तुमा अस्वाभाविक मूल्य बढाएर उपभोक्ता ठग्न सक्ने भन्दै सरकारले बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।

मन्त्रालयका अनुसार दसैं तिहार र छठपर्वमा अत्यावश्यक वस्तुमा छुट दिनका खाद्य कम्पनीलाई १ करोड ७५ लाख र कर्पोरेसनलाई १ करोड ५० लाख रुपैयाँ छुट्याएको छ।


Last Updated on: September 17th, 2021 at 8:38 am
६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया