सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौं

अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई ३१ भदौमा एमाले काठमाडौं जिल्ला प्रशिक्षणमा नेता नै भनिन् । धेरै दुःख गरेको पार्टी छाडेर बाटो बिराएको भन्दै फर्कन आग्रह गरिन् ।

योगेश भट्टराईले माधव नेपाल एमालेमै फर्कने बताए । उनले निर्धक्कसँग नेपाल एमालेमा फर्कने बताउनु अर्थपूर्ण छ ।

माधव नेपालले भने नेकपा एमाले फुटाएर नेकपा एस गठन गरिसकेका छन् । १ असोजमा पार्टी केन्द्रीय कार्यालय उदघाटन गरिसकेका छन् । जिल्ला हुँदै स्थानीय तहमा कमिटीहरु गठन गरिरहेका छन् । एमाले तलैसम्म विभाजित भइसकेको छ ।

के माधव नेपाल फेरि एमालेमा फर्कलान् ? चासोको विषय छ । माधव नेपालले एमालेको विरोध गरेर पार्टी फुटाएका होइनन् । उनको संघर्ष केपी शर्मा ओलीसँग भएको हो । शक्तिसंघर्षका क्रममा नेपालले विभिन्न शर्तहरु राखे । शक्तिको बाँडफाँडको शर्त राखे । तर, ओली तयार भएनन् ।

माधव नेपाललाई पार्टी फुटाउँदा हस्तीहरुले भने साथ दिएनन् । आफ्नो समूहमा लागेर नवौं महाधिवेशनमा चुनाव जितेका उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य समेतले साथ छाडे । आफ्ना विश्वासपात्र मानिएका रघुजी पन्तले समेत साथ छाडे ।

हस्तीहरुले साथ छाडेकाले माधव नेपाल असन्तुष्ट भए । तर, उनी पछि हटेनन् । यद्यपि, हस्तीहरुको साथ नहुँदा नेकपा एस लामो समय टिक्ने वा नटिक्नेमा आशंका छ ।

माधव नेपाल पक्षधरले ओली नरम भएमा या ओलीको ठाउँ अन्य कुनै नेताले लिएमा एकता हुनसक्ने ठानेका छन् । विगतमा नेकपा एमालेबाट फुटेको नेकपा माले फेरि पुरानै पार्टीमा विलय भएको थियो । बामदेव गौतम एमालेमै फर्किए । उनीभन्दा अघि कतिपय नेता एमालेमा फर्किइसकेका थिए ।

माधव नेपाल एमालेमा फर्कनसक्ने सम्भावना छ । तर, त्यो ओलीको नेतृत्वकालमा निकै कठिन छ । ओलीले ३१ भदौको कार्यक्रममा माधव नेपाललाई कुनै हालतमा फर्कन नदिने गरी बोले । उनले भने, ‘माधव नेपाललाई फेरि पार्टी फुटाउन फर्काउने रु’

ओली र नेपालबीच इगो पनि बढेको छ । यसकारण दुवै एउटै पार्टीमा हुने सम्भावना कमजोर छ । तर, राजनीति सम्भावनाहरुको खेल हो ।

माधवकुमार नेपाल एमालेमै फर्किनुहुन्छ: योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने दाबी गरेका छन्। पोखरामा आयोजित एक कार्यक्रममा उनले एमाले फुटाएर नेकपा ९एकीकृत समाजवादी० गठन गरेका नेपाल एमालेमै फर्किने बताएका हुन्।

नेपालकै सहमतिमा १० बुँदे बनेको तर पछि उनैले त्यसको विरोध गरेको भन्दै भट्टराईले नेपालको पछि नलाग्न कार्यकर्तालाई आह्वान समेत गरे।

माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी फोर्नु भयो। यो राम्रो भएन। अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्छु,उनले भने।

भट्टराईले शेरबहादुर नेतृत्वको गठबन्धन सरकार असफल भइसकेको भन्दै आलोचना समेत गरेका छन्। यो सरकार असफल भइसकेको छ। पैँसठ्ठी दिनसम्म सरकार विस्तार गर्न नसकेको र अन्तर्राष्ट्रियस्तरमा विश्वसनियता गुमाइसकेकाले अब विकल्प खोजेर एमालेकै नेतृत्वमा चुनावमा जानु एकमात्र उपयुक्त माध्यम होु उनले भने।

माधब नेपाललाई अष्टलक्ष्मी शाक्यले भनिन- तपाईले लिएको बाटो ठिक छैन एमालेमै फर्किनुस

अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन्।

बिहीबार काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले नेता नेपाललाई फुटको लाइन ठीक नभएको भन्दै एमालेमै फर्कन आग्रह गरेकी छन्।

‘माधव नेपालले लिएको लाइन ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यकता छ’, बागमती प्रदेशी मुख्यमन्त्रीसमेत रहेकी शाक्यले भनिन्, ‘मेरो प्रस्ट धारणा छ ।

माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ। पार्टी विभाजन गरेर फाइद हुन्न।’

उनले टुटफुट र जुटबाट गुज्रँदै यहाँ आएको एमालेका लागि आजको आवश्यकता भनेको ‘सुदृढ नेकपा एमाले’ हुने भन्दै यसलाई बलियो र विचारयुक्त बनाउन विचारबाट विचलित हुन नहुने बताइन्।

उनले नयाँ पार्टीमा रहेका अरू साथीलाई पनि फर्कन आग्रह गर्दै १० बुँदेले एउटा आधार दिएको बताइन्।


Last Updated on: September 17th, 2021 at 3:28 pm
३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया