शनिबार ०६ कार्तिक २०७८

Kantipur News Nepal

गत भदौ २१ गते सोमबार विहान मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा एकै परिवारको ६ जनाको ह’ ‘त्या भयो । उक्त घटनाको अनुसन्धानको क्रममा पाँच जना पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेहरुमा मृत्तक तेजबहादुरको काकाका छोराहरु खड्गबहादुर र रण बहादुरको परिवार पक्राउ परेका छन् । अन्य पक्राउ पर्नेहरुमा खड्गबहादुरका छोरा लालबहादुर, रणबहादुरका दुई छोरा लालबहादुर र नरेश कार्की पक्राउ परेका हुन् ।

उक्त पाँच कार्की दाजुभाइले ह’ ‘त्या गरेको खुल्न आएको हो । उनीहरुको तुलनामा आर्थिक रुपमा सम्पन्न तेजबहादुरले खड्गबहादुर र रणबहादुरका परिवारलाई हे’पेर ब्यावहार गरेको भन्दै उनीहरुले तेजबहादुरको ह’ ‘त्या गर्ने योजना बनाएका थिए ।

तेजबहादुरको परिवारको ह’ ‘त्या गरिएको अघिल्लो बेलुका नै खड्गबहादुर र उनका छोरा लालबहादुर रणबहादुरको घरमा आएर ह’ ‘त्याको योजना बनाएको खुल्न आएको अनुसन्धानको नेतृत्व गर्दैै आउनुभएको संघिय प्रहरी ईकाई धरानका एसपी भिम दाहालले जानकारी दिनुभयो ।

भदौ २१ गते विहान धान गोड्ने खेतला माग्न आउने खबर पाएपछि उनीहरुले तेजबहादुरलाई मा’ ‘र्ने योजना बनाएका थिए । तेजबहादुर विहानै रणबहादुरको छोराहरुलाई खेतला माग्न आएर फर्किने क्रममा रणबहादुरका दुई छोरा र खड्गबहादुरका छोरा लालबहादुर गरि तीन जनाले ह’ ‘त्या गरेको खुल्न आएको एसपी दाहालले जानकारी दिनुभयो ।

घटनास्थलमा तीन छोराहरु मात्र देखिए पनि मुख्य योजनाकारका रुपमा खड्गबहादुर रहेको र रणबहादुरले पनि ह’ ‘त्यामा सहमती जनाएको खुल्न आएको प्रहरी जनाएको छ । रणबहादुर ल’ड्बराएर बोल्ने र अन्यको तुलनामा बौद्धिकता कम भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा गत असारमा नै तेजबहादुरले रणबहादुरलाई सि’ध्याउने प्रस्ताव राखेका थिए । त्यसमा पछि मात्र रणबहादुर र उनका छोराहरुले सहमति जनाएको खुल्न आएको छ । तेजबहादुर मात्र उनीहरुको निशानामा रहेपनि अरु परिवारको सदस्यहरुले समेत देखेपछि उनीहरुलाई पनि मा’रेको खुल्न आएको बताईएको छ ।

घटना पछि एक जना मात्र दोषी देखाएर अरुलाई उन्मुक्ति दिने योजना अनुसार नै रणबहादुरका जेठा छोरा लोकबहादुरले अ’परा’ध स्वीकारेको थियो । कार्की परिवारको ह’ ‘त्या आरोपमा साईनोले भतिजो पर्ने छिमेकी लोकबहादुर कार्कीलाई गत भदौ २७ गते आईतबार प्रहरीले पक्राउ गरेको थियो ।

त्यसको तीन दिनपछि लोकबहादुरको भाइ नरेशलाई समेत प्रहरीले पक्राउ गरेको थियो । नरेशकै बयानको आधारमा उनका काकाको परिवारलाई पनि अनुसन्धानमा तानिएको थियो ।

गत भदौ २१ गते सोमबार विहान बर्ष ५८ को तेजबहादुर कार्की, उहाँकी आमा बर्ष ८४ को पार्वता, श्रीमती ५४ को कमला, बर्ष २८ का बुहारी रञ्जना, बर्ष ११ का नाती दिपेन र बर्ष ५ का नातिनी गोमा कार्कीको ह’ ‘त्या गरिएको थियो । मृत्तक बुहारी रञ्जनाको मोबाईल लोक बहादुरको भाई नरेशको साथमा भेटिएपछि उनी माथि अनुसन्धान सुरु गरिएको थियो ।

घटनाको अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो ।

डीआईजी बीसीका अनुसार खड्गबहादुरको परिवारलाई छिमेकीकहाँ पठाएर प्रहरी टोली उनको घरमा बसेको थियो । खड्गबहादुर र मृतक तेजबहादुर कार्कीको घर करिब २५० मिटरको दूरीमा छ । प्रहरीका अनुसार अनुसन्धानका लागि घर उपलब्ध गराउन आग्रह गर्दा उनले सहजै स्वीकार गरेका थिए ।

गाउँले र सञ्चारकर्मीको भि’डभा’डका कारण घटनाबारे राति मात्रै सोधपुछ हुन्थ्यो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार उनले घटनाबारे केही थाहा छैन भनेका थिए ।

घटनामा सं’लग्न लोकबहादुरलाई सार्वजनिक गरिएपछि स्थलगत अनुसन्धानको जिम्मा जिल्लालाई छोडेर फर्किएका थिए । अहिले थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा सहितको टोली घटना स्थलमै खटिएका छन् ।


Last Updated on: September 20th, 2021 at 9:34 pm
१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया