सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमान्डौ

नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको पूर्वराजाको श्रीपेच झिक्न खोज्ने गर्ने व्यक्ति पक्राउ परेका छन् । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको श्रीपेच झिक्न खोज्ने व्यक्ति पक्राउ परेका हुन् ।

शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फु’टा’एर श्रीपेच झिक्न खोजेका थिए ।

तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, घर्तीले हा’तले प्र’हार ग’र्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेसमा राखिएको ‘खुकुरी झि’केर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ ।

टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फु’टाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले बताए । नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच सिसा फुटाएर चोर्ने प्रयास भएको छ। उनलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार संग्रहालयमा घुम्न पसेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन् ।

उनले संग्रहालय अवलोकन गर्ने क्रममा श्रीपेच देखेपछि ‘म अब श्रीपेच लगाएर राजा बन्छु’ भन्दै श्रीपेच फुटाएको देखिएको प्रहरीले बताएको छ।

उनकाे दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।


Last Updated on: September 24th, 2021 at 7:23 pm
११० पटक हेरिएको

तपाईको प्रतिक्रिया