बुधबार ०६ आश्विन २०७८

एजेन्सी, १७ फागुन । भारतको तेलङ्गाना राज्यमा एक कुखुराको भालेले आफ्नै मालिकको ज्यान लिएको छ ।कुखुराको भालेको जुधाइ (खेल) को क्रममा मालिकको ज्यान गएको हो । कुखुराको भालेको अवैध जुधाइका लागि एक भालेको पन्जामा बाँधिएको चक्कुले लाग्दा मालिक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

कुखुराले भाग्ने कोसिस गर्दा उसको पन्जामा बाँधिएको चाकुले मालिकलाई लागेको थियो । उक्त् घटनापछि प्रहरीले भाले जुधाइमा सहभागी १५ जनाको खोजी गरिरहेको जनाइएको छ । उक्त खेल तेलङ्गानाको लोतुनुर गाउँमा यसै हप्ताको सुरुवातमा भएको थियो ।

भाग्न लागेको कुखुराको भालेलाई मालिकले समात्ने कोसिस गर्दा पन्जामा बाँधिएको सात सेन्टिमिटर लामो चाकुले लाग्दा मालिक घाइते भएका थिए ।

बीबीसीका अनुसार ती मालिकको मृत्यु भएपछि कुखुराको भालेलाई प्रहरी कार्यालय लगिएको छ


Last Updated on: March 1st, 2021 at 1:25 am
१५५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया