आइतबार ०७ कार्तिक २०७८

काठमाडौं, १६ फागुन । सांसद कोमल वली नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य रघुजी पन्तविरुद्ध अदालत जाने भएका छन् । उनले वलीको नामै तोकेर अपमानजजनक अभिव्यक्ति दिएका थिए । त्यसविरुद्ध वली अदालत जाने भएकी हुन् ।

रिपोर्टर्स नेपालसँग कुरा गर्दै सांसद वलीले आफू महिलाविरुद्ध हुने कुनैपनि हिंसाविरुद्ध लड्दै आएको बताइन् । उनले भनिन्,‘यो मेरोविरुद्ध नभई समग्र महिलाविरुद्धको आक्रमण हो ।’ न्यायका लागि आफू जनता र अदालत दुवैसम्म जाने बताइन् । उनले भनिन्,‘म अदालत जान्छु ।’

पन्तले कोमल वली पिंडुला देखाएर पदमा पुग्न सफल भएको अभिव्यक्ति दिएपछि आक्रामक बनेकी हुन् । उनले सामाजिक सञ्जालमा पन्तको नामै तोकेर लेखेकी छिन्, हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल आएर खुलेको छ ।

उनले पन्तलाई महिला नेतृहरु को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्न सफल भएको हो ? भनी प्रश्न गरेकी छिन् ।

उनले सार्वजनिक रुपमै भनेका थिए,‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाएर पोइला जान पाम भनेपछि सांसद त तिनै भइन् ।’


Last Updated on: March 2nd, 2021 at 9:02 am
३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया