शनिबार ०६ कार्तिक २०७८

२२ फागुन, काठमाडौं । आज पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि मौसम बदली भएको छ । देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्यरुपमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सामान्य वर्षा र हिमपातको सम्भाजना आगामी सोमबारसमम रहेको छ ।

अन्य प्रदेशमा भने सामान्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ । काठमाडौंमा भने शुक्रबार साँझ नै पानी परेको थियो ।


Last Updated on: March 6th, 2021 at 9:14 am
२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया